ताजा समाचार सूचना प्रबिधि

नासाले २ के जी को हेलिकप्टर मंगल ग्रहमा पठाउने


 

२३ साउन , बिराटचौक,   एक केजी ८ सय ग्रामको यो हेलिकप्टर नासाले मंगल ग्रहमा पठाउने भएको छ ।

यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम करिक ११ अर्ब १७ करोड नेपाली रुपैयाँ हुन आउँछ ।
ठूलो धनराशी खर्च गरेर नासाले तयार गरेको यो हेलिकप्टरको नाम  इन्ज्युनिटी दिइएको छ । नासाको यो मिसन सफल भए इन्ज्युनिटी पृथ्वी बाहेक अन्य ग्रहमा उड्ने पहिलो मानवनिर्मित यान हुनेछ ।

नासाको मार्स २०२० पर्सिभरेन्स रोभरु मिसनका अन्तर्गतकै  इन्ज्युनिटी मिसनुले मंगल ग्रहको पातलो वायुमण्डलमा आफ्नो पहिलो उडान भर्दै इतिहास रच्ने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीमा निर्माण गरिएको यो हेलिकप्टरको  टेस्ट फ्लाइटु भने सफल भएको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।

 

मंगल ग्रहमा पर्सभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टर पनि रोभरबाट सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छुनेछ । अल्बना राज्यको एक हाइ स्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।

मंगल ग्रहमा यो हेलिकप्टरले अधिकतम् १५ मिनेट सयर गर्नेछ । यसले ५ वटा पावर फ्लाइट गर्ने नासाले जनाएको छ । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबटिक उडान हुने वस्तुहरु निर्माण गर्नका लागि  इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।
यो हेलिकप्टरमा दुई वटा क्यामेरा बाहेक अन्य उपकरणहरु छैनन् । गणतीय  अल्गोरिदमुहरु भएकाले यो हेलिकप्टरले मार्समा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ । मार्सको पातलो वायुमण्डलमा उड्नुपर्ने चुनौती भएकाले  इन्ज्युनिटी केहि चुनौती भने रहने जेट प्रपोल्सन ल्याबोरेटरीले बताएको छ ।

एजेन्सीको सहयोगमा

You may also like