ताजा समाचार स्थानिय

कोरोनालाइ जित्ने होमियोप्याथिक औषधिको माग बढ्यो ।


२४, साउन बिराटचौक । माडवारी सेवा समितिले बितरण गरेको होमियोप्याथिक औषधिको माग अध्याधिक बढ्न थालेको छ ।

मोरङको सुन्दरहरैचा ९ स्थित (पि एल ओ ) चौकमा स्थानिय जय प्रसाद सिटौलाको नेतृत्वमा राजु कार्की , रमेश कुमार देउजा र नेत्र न्यौपानेको समुहले कोरोना भाइरसलाइ न्युनिकरण गर्ने होमियोप्याथिक औषधि नि: शुल्क बितरण गरिएको हो ।

माडवारी समाजले २५ बर्ष अगाडी उत्पादन गरेको ARSENICUM  ALBUM 30C नामक होमियोप्याथिक औषधिले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने समाजले दाबि गरेको छ । नेपाल सरकारको आयुर्वेदिक औषधि परिक्षण गर्ने निकायबाट परिक्षण गरिएको औषधि भएकाले मानिसले सेवन गर्दा कुनै पनि प्रतिकुल असर नगर्ने समाजमा आबद्ध बिरेन्द्र बुढाथोकीले बताए ।

यो औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने भएकाले हाल बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइसरको संक्रमण कम हुने बुढाथोकीले बताए । बजारमा ३ सय पर्ने यो औषधि नेपालका बिभिन्न स्थानहरुमा माडवारी समाजले नि: शुल्क बितरण गरिरहेको छ ।

मोरङको सुन्दरहरैचामा आज सम्म ३ हजार जनाले सो औषधि सेवन गरेको बितरण टोलिका सदस्य सिटौलाले जानकारी दिए ।

You may also like