ताजा समाचार विजनेस

सिमेन्टको भाउ घट्यो


 

१४ भदौ,बिराटचौक। सिमेन्टको भाउ प्रति बोरा ७० रुपैयाले घटेको छ ।

लकडाउनको प्रभाब र सिमेन्टको कच्चा पदार्थको मुल्य घटेको कारण सिमेन्टको मुल्य घटेको हो ।

पहिले प्रतिबोरा ७ सय ८० सम्म पुगेको सिमेन्टको भाउ अहिले ७ सय १० मा झरेको छ ।कोरोना महामारीको कारण सिमेन्टको विक्री खस्किएको, वर्षात्को सिजन र क्लिंकरको मूल्यमा ह्रासले सिमेन्टको भाउ घटेको हो । प्रतिमेट्रिक टन १० हजार रुपैयाँ परिरहेको क्लिंकर अहिले मूल्य घटेर ८ हजार रुपैयाँमा आएपछि सिमेन्टको भाउ पनि झरेको अन्नपूर्ण सिमेन्ट उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष राजेन्द्र राउतले बताए ।

उद्योग बन्द गर्नुभन्दा साँवा नै भए पनि आउँछ भन्ने सोचले सीमित क्षमतामा उद्योग सञ्चालन गरिरहेको उनले बताए । नेपालकै उत्पादन राम्रो भएकाले भारतबाट क्लिंकर आउन कमी भएको छ पहिलेको तुलनामा यसको मूल्यमा कमी आएको उनको भनाइ छ ।

मुलुकका सानादेखि ठूला आयोजनाको समेत निर्माण कोरोना महामारीका कारण अहिले ठप्पप्रायः रहँदा सिमेन्टको आन्तरिक खपत खस्किएर मूल्य घटेको उनको भनाइ छ । सिमेन्ट नै विक्री नहुने अवस्था आएपछि लगानी मात्र उठाउन भए पनि भाउ घटाएर सिमेन्ट विक्री गर्न उद्योगीहरू बाध्य भएका हुन् ।

नेपालमा सिमेन्टको वार्षिक खपत ८० लाख टन रहेको र त्यो खपत बराबरको सिमेन्ट नेपाली उद्योगले नै उत्पादन गरिरहेकाले नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको मुरारकाले बताए ।

You may also like