ताजा समाचार प्रवास

भारतको बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु


भदौ३१,एजेन्सी। भारतको बिहारमा एक हप्ता भित्रमा चट्याङ लागेर १५ जनाको ज्यान गएको छ ।

अभिरल बर्षा सगै परेको चट्याङ लागेर यो हप्ता भारतको बिहार राज्यका बिभिन्न स्थानका १५ जनाको ज्यान गएको हो ।

भारतिय संचारमाध्यमहरुका अनुशार गएको तीन दिनमा १५ जनाको ज्यान गएको र अरु केही व्यक्ति नराम्ररी घाइते भएका छन ।

गएको सोमबारदेखि अभिरल बर्षा संगै चट्याङ पर्न शुरु गरेको र आज बिहानसम्म यो संख्या १५ पुगेको बिहारको विपद व्यवस्थापन विभागले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार बिहार राज्यका विभिन्न जिल्लामा गत महिना मात्र पनि चट्याङका कारण १०० जनाभन्दा बढीको ज्यान गएको थियो ।

You may also like