ताजा समाचार सूचना प्रबिधि होमपेज

एप्पल कम्पनी द्धारा आफ्ना कर्मचारीका लागि छुट्टै माक्सको डिजाइन


असोज ६,एजेन्सी। बिश्वचर्चित एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि मास्क डिजाइन गरेको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमलाइ मध्यनगर गर्दै एप्पल कम्पनीले आफ्ना कर्मचारीहरुका लागि फरक डिजाइनको माक्सको डिजाइन गरेको हो ।

कम्पनीले डिजाइन गरेको मास्कको नाम ‘एप्पल फेस मास्क’ रहेको छ । कम्पनीको इन्जिनियरिङ तथा औद्योगिक डिजाइन सम्बद्ध टिमले उक्त मास्कको डिजाइन गरेको हो ।एप्पल फेस मास्कमा तीनवटा पत्र रहेका छन् जसले सुक्ष्म कणहरु समेत भित्र छिर्न तथा बाहिर निस्किन दिँदैन ।

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार निकै सावधानीपूर्वक अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको यो मास्कलाई धोइपखाली गरी बढीमा ५ पटकसम्म पुनः प्रयोग गर्न सकिने बताइएको छ ।
आगामी दुई हप्ताभित्र एप्पलको कर्पोरेट तथा रिटेल शपहरुमा कार्यरत कर्मचारीहरुले उक्त मास्क लगाउन पाउनेछन् ।

You may also like