ताजा समाचार स्थानिय होमपेज

कुलमानको पुनःनियुक्तीको माग गर्दै कानेपोखरीमा प्रर्दशन


असोज६,कानेपोखरी। मोरङको कानेपोखरीमा आज नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तीको माग गर्दै प्रर्दशन गरिएको छ ।

आज मध्यान्हको समयमा कानेपोखरी गाउपालिका अगाडि स्थानिय युवाहरुले प्लेकार्ड सहित कुलमानको पुननियुक्तिको माग गर्दै प्रर्दशन गरेका हुन ।

१८ घण्टा लामो लोडसेडिङबाट मुलकलाइ मुक्त बनाउने एक असल कर्मचारीलाइ कमिसनको खेलमा निरन्तरता नदिएको भन्दै प्रर्दशनमा सहभागीहरुले सरकारको चर्को बिरोध गरेका थिए ।

प्रर्दशनमा सहभागी युवाहरुले स्वम प्रधानमन्त्रीनै कुलमानलाइ पुन नियुक्तिगर्ने बिपक्षमा रहेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको कार्यक्रम स्थलबाट shikhabar का सहयोगी  शंकर ढकालले बताए

घिसिङको पक्षमा गरिएको सो कार्यक्रमा नेपाली काग्रेसका महासमिति सदस्य जयराज संयोग,नेपाली काग्रेसका स्थानिय नेता शुसिल राइ र बिभिन्न जातिय सघ संगठनहरुका प्रतिनिधहरु केदार राइ,कबिराज राइ, जन्तलाल धिमाल, दिपक कुमार चौधरी ,सन्तोष लिम्बु लगायतको बाक्लो उपस्तिथी रहेको थियो ।

४ वर्षे कार्यकाल पुरागरि बिदा भएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ पुनर्बाहालीको माग गर्दै मुलक भरि प्रदर्शन भइरहेको छ ।

You may also like