ताजा समाचार सूचना प्रबिधि

गुगल मिटमा कुरा गर्दा शुल्क लाग्ने


 

असोज१७,एजेन्सी गुगल मिट( गुगल बैठक० सेवा अब एक घण्टा भन्दा बढी प्रयोग गरेको खण्डमा शुल्क लाग्ने भएको छ ।

गुगलले शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको हो ।

गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।

विगतमा एक सय जना भन्दा बढी मान्छेहरूसँग एकै पटकमा असीमित समयसम्म निःशुल्क बैठक तथा कुराकानी गर्न मिल्ने व्यवस्था थियो, अब त्यसको समय सीमित गरिएको गुगलका प्रबक्ताले भनेका छन ।

उनले ‘गुगल मिट’ को अन्य सेवा तथा कार्यप्रणालीमा कुनै परिवर्तन नगरिएको पनि स्पष्ट पारेका छन् उसले आप्नो एप्समा केही प्राबिधिक पक्षहरु पनि परिर्वतन गरिएको जनाएको छ । ।
कोरोनाभाइरसको महामारीका कारण मानिसहरूले भौतिक भेटघाट गर्न नपाएपछि संस्थागत बैठकहरुका लागि गुगल मिट ज्यादै लोकप्रिय बनेको छ ।

You may also like