ताजा समाचार प्रवास होमपेज

चीनले बिकास गरेको कोरोना बिरुद्धको खोप अब्बल साबित


असोज२२,एजेनसी। चीनले बिकास गरेको कोरोना बिरुद्धको खोप प्रभाबकारी देखिएको छ ।

चाइनिज एकेडेमी अफ मेडिकल साइन्स अन्तरगतको इन्स्टिच्युट अफ मेडिकल बायोलोजीले बिकास गरेको कोरोना बिरुद्धको खोप पहिलो चरणमा सफलता नजिक पुगेको हो ।

यो खोपको १९१ जना मानिसहरुमा परिक्षण गर्दा कुनै पनि स्वास्थ्य असर नदेखिएको अनुशन्धानकर्ताहरुले बताएका छन । खोप लगाएको ठाउमा हल्का दुख्ने ,छाला चिलाउने ,सुन्निने भए पनि यसले मानबशरिरमा कुनै गम्बिर असर नहुने बैज्ञानिकहरुले बताएका छन ।

पहिलो चरणको परिक्षणमा १८ देखि ५९ बर्ष उमेर समुहका मानिसहरुमा सफल परिक्षण गरिएको र अब दोश्रो चरणको परिक्षण गर्ने तयारी भइरहेको खोप बिकास गर्ने संस्थाले जनाएको छ ।

केनसिनो बायोलोजिकल,सिनोभेक र बेजिङ इन्स्टिच्युड अफ बायोलोजिकल कम्पनीले बिकाश गरेको खोपहरु चीनमा सफल भइरहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

You may also like