ताजा समाचार प्रवास होमपेज

जो बाइडनको राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी


 

कार्तिक२0,एजेन्सी। अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले राष्ट्रपति कार्यालय ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन् ।

यधपी राष्ट्पति पदको बिजेताको औपचारीक घोषण भने हुन बाकी रहेको बि बि सीले जनाएको छ । चुनाबी नतिजा सार्बजानिक हुनुभन्दा अगाडिनै बाइडनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा बिजयी उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम (संक्रमणकालीन टिम) गठन गर्ने चलन रहेको छ ।

अहिले सम्म चुनाबी नतिजा सार्बजानिक नभएपनि राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, ‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ । हिजो बाइडनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणा गरेका छन् ।

You may also like