ताजा समाचार साहित्य / बिचार होमपेज

कृष्ण प्रणाम देखि निजानन्द सम्म


श्याम कुमार आर्चाय

यो एउटा नया र कौतुहलपुर्ण बिषय हो । श्री कृष्ण प्रणाम देखि निजानन्द सम्म यो पहिचान र साधनाको बिषय हो । जनसंख्याको बृध्दि जस्तै प्रणामी धर्मको प्रचार र संख्या पनि दिनानुदिन बढिरहेको छ । तथापी पनि बिबेचनात्मक र गुणात्मक तत्यहरुको हस आएको सर्बबिधितै छ ।त्यसैले बर्तमान समयमा यसको आन्तरिक पक्षलाइ केलाउन सान्दर्भिक हुनेछ ।

हिन्दुधर्ममा प्राचिनकालदेखिनै एक अर्का संग भेटहुदा वा मन्दिर तिर्थस्थल आदिमा जादा अभिबादन,नमन गर्ने प्रकृया चलिआएको हो जस्तै नमस्ते ,नमास्कार ,प्रणाम आदी । नमन प्रकुयामा प्रणाम शब्द अभिब्यक्त गर्नु नमनको उच्चतम स्वरुप हो । प्रणाम शब्द प्रयोग हुदा को संग सम्बन्धित छ त्यो जानेर मात्र प्रणामको महत्व चरितार्थ हुन्छ । कहा ,कसरी,किन र कस्लाइ प्रणाम गरियो यो सबै प्रणाम गर्ने ब्याक्तिले बुझ्नु पर्ने कुराहरु हुन । यहा जाग्रतज्ञान र अनन्यताको आबस्यकता पर्दछ । जसरी शात्रले भनेको छ ।

एकोऽपी कृष्णश्य कृतः प्रणामो,दशाश्वमेधावभृधेन तुल्यः ।
दशाश्वमेधी पुनरेतीजन्मः,कृष्णप्रणामी नपुनर्भवाय ।।

श्री कृष्णलाइ एक पटक मात्र प्रणाम गर्दा दश अश्वमेधयज्ञ गर्ने सग तुलना गर्दै ‘कृष्ण प्रणामी नपुनर्भवाय’ सम्म मनन चिन्तन गर्दा यथेस्ठ भेद महशुस हुन्छ । कृष्णलाइ प्रणाम गर्दा पुर्नजन्म हुदैन । आत्मा र परआत्माको सम्बन्धको भाव जब प्रकट हुन्छ अनन्यता र दशधा भक्तिको उदय हुन्छ । त्यस समयमा कृष्णप्रणामी न पुनर्भवाय शिध्द हुन्छ । भक्त शुरदास, भक्तिमती मिरावाइ,बैष्नब धर्मका संस्थापक गुरु बल्लावार्चाय आदी महापुरुषहरु यो उच्चकोटीको नमन ,प्रणाममा पहुच भएका हुनुहुन्थ्यो ।

महामति प्राणनाथ जी भन्नुहुन्छ — कोटकरो नरमेध,अस्वमेध अनन्त।
परतोलेनआबे,एकने मुख श्री कृष्ण कहन्त ।।
करोडौ नरमेध र अनन्त अस्वमेघले पनि एक पटक कुष्णनाम जपे बराबर हुदैन। निजानन्द सम्प्रदाय को स्थान ज्यादै बिशिष्ठ र बिलक्षण रहेको छ ।कुनै संसारी जीवआत्माले परमात्माको भक्तिगरि मोक्क्ष पाउने कुरा संग यसको तुलना हुन सक्दैन । यहा त आफ्नो जाती स्मरण गर्नु छ , निजानन्दमा जाग्रत हुनु छ । जुन बम्हबासनाहरुको आगमन र बम्हबासनाले यो कलियुगनै धन्य धन्य हुने शास्त्रहरुले उल्लेख गरेको छ ।

यथा—कर्लिधन्यः कर्लिधन्य, कर्लिधन्यौमुनिस्वरः।
यत्रबम्हप्रियाणांः च ,बासनाः समुपासिनः ¬(पुराणसंहिता)
यस्ता बम्हबासना बम्हश्रृष्टीहरुले महामन्त्र तारतम ज्ञान पाउना साथ आफ्ना स्वामी श्री राजश्यामाजीको पुर्ण परिचय प्राप्त गर्दछन र निजनाम निजधाम निजरुपको साक्षात्कार गर्दै पुर्णस्वरुपको सानिध्य निजानन्दमा नै मग्न हुन्छन । उनिहरुले गरिने प्रणाम अर्जुनले लक्षभेदन गरेजस्तै निजानन्दधाममा केन्द्ति हुन्छ । ब्यावहारिक,सामाजिक र सब्यताको शिष्टचारमा गरिएको प्रणाम निजानन्दमा पुग्न सक्दैन । त्यसैले श्री कुष्ण प्रणामीहरुको, कृष्ण प्रणाम समेत सचिदानन्द ,अनन्त ,अध्योयित धाममा केन्द्रित गराउन ‘दशधा पराप्रेमलक्षणा भक्ति’ बाट मात्र सफल हुन्छ । तव मात्र कृष्णप्रणाम देखि निजानन्द सम्म सार्थक हुन्छ । बम्हवासनाहरु निजधाममा जाग्रत हुन्छन । मोक्षत महापर्लय पश्चात यो बम्हाण्ड सहित सबै जीवआत्महरुले प्राप्त गर्दछन ।

महामति श्री प्राणनाथ जी भन्नुहुन्छ–
निजनाम सोही जायर हुआ,जाकीदुनी सब राह देखत ।
मुक्ति देशी बम्हाण्डको,आए बम्ह आत्मा सत ।।

सम्पुर्ण बेध कतेब,शास्त्र र पुराणहरुले खोजी गरिरहेको सत्यबम्ह,सत्यआत्मा र महामन्त्र निजनाम प्रकट भइसकेको छ तसर्थ सम्पुर्ण आत्मासहित यो बम्हाण्डनै अखण्ड हुनेछ । यो स्यम महामति श्री प्राणनाथ जी को उद्घोष हो । किन कि उहा स्यम परमात्मा स्वरुप हुनुहुन्छ ।

आचार्य श्री कुष्ण प्रणामी सेवा समिति नेपाल
जिल्ला कार्यसमिति मोरङका अध्यक्ष हुन ।

You may also like