ताजा समाचार विजनेस होमपेज

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ केन्द्रिय उपाध्यक्षमा ढकाल बिजयी


मंसिर१४,काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ केन्द्रीय उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन । ।

उद्योग वाणिज्य महासंघको हिजो सम्पन्न भएको निर्वाचनमा उनका प्रतिस्पर्घी किशोर प्रधानलाइ पछि पार्दै ढकाल बिजयी भएका हुन ।

व्यवसायी ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसेका छन ।

३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन, भने २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका छन ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका हुन ।

ढकालले वस्तुगततर्फ १२।०४ प्रतिशत, उद्योग वाणिज्यतर्फ २४।७६ प्रतिशत, एसोसियटतर्फ १७।४६ प्रतिशत मत ल्याएर कूल ५४।२६ प्रतिशत मत ल्याउँदा प्रधानलाई जम्मा ४५।७४ प्रतिशत मात्रै मत प्राप्त भयो ।
ढकाल नेपाल रेमिट्यान्स एसोसिएसन, नेपाल–मलेसिया र नेपाल–इन्डोनेशिसया चेम्बरको अध्यक्ष पनि भइसकेका छन ।

महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित पनि गरेको छ।

You may also like