मोहनलाल ताजपुरिया
पुस१९,झापा। ताजपुरिया भाषाको (आईटम पिस) नामक गिती संग्रह चाडै बजारमा आउने भएको छ ।

ताजपुरिया मिडिया मञ्च नेपालको प्रस्तुति र ताजपुरिया कला संस्कृति बिकास समिति गौरादह झापाको सहकार्यमा उक्त गीती संग्रह बजारमा आउन लागेको हो ।

डान्सिङ गितहरुलाइ बढी महत्व दिइएको सो अडियोमा समाबेस गरिएका गितहरुमा गायिका अनुमा चौधरी र गायक चित्र ताजपुरियाको आवाज दिएका छन

गिती संग्रहमा रहेका गितहरुको शब्द र संगीत राजकुमार ताजपुरियाको र एरेन्जर बलराम राजबंसीले गरेका छन । बजारमा आउन लागेको आइटम पिस नामक गिती संग्रहले नेपालीमा संगित क्षेत्रमा महत्व पुर्ण योगदान पुर्याउनका साथै ताजपुरिया भाषा र साहित्यमा एउटा कोशेढुङाको रुपमा काम गर्ने गितका रचनाकार राजकुमार ताजपुरियाले जानकारी दिए ।

आइटम पिस नामक गिती संग्रहको मिडिया पाटनरको रुपमा Shikhabar.com रहेको छ ।

You may also like