जीवन शैली ताजा समाचार प्रदेश १ होमपेज

बाक्लो हुस्सु लागेर चीसो बढेसंगै तराइको जन जीबन प्रभाबित


माघ१,बिराटचौक। नेपालको तराइ क्षेत्रमा वाक्लो हुस्सु लागेर चीसो वढेपछि मध्य तराइको जन जीबन प्रभाबित बनेको छ ।

चिसो बढेपछि १ नं प्रदेशका बिभिन्न स्थानहरुका चौक चौकमा मानिसहरु सामुहिक रुपमा आगो बालेर बसेका छन । आगो ताप्नका लागि स्थानिय निकायहरु तथा सामुदायिक बनहरुले दाउरा वितरण समेत शुरु गरेका छन

१ नं प्रदेशका तराइ जिल्लाहरुको मुख्य शहरहरु बिराटनगर,इटहरी ,बिराटचौक,बेलबारी पथरी , उर्लाबारी ,दमक लगायतका शहरहरु तथा भित्री गाउ बस्तीहरुमा समेत मानिसहरु जाडो भगाउनका लागि सामुहिकरुपमा आगो तापेर बसेको बताइएको छ ।

वाक्लो हुस्सु लागे पछि चीसोले जनजीवन प्रभावित भएको छ । वजारमा चहल पहल कम देखिन्छ । जेष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन ।

हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन ।

यसैबिच, इटहरीका विपन्न वस्तिहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन । विपन्न वस्तिहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो ।

विपन्न मुसहर वस्तिहरुमा भोलि देखि कम्वल वितरण गरिने इटहरी उपमहानगर पालिकाकी उपमेयर गौतमले बताइन ।

You may also like