जीवन शैली ताजा समाचार होमपेज

मिस एण्ड मिस्टर फोटो एण्ड भिडियो अनलाइन प्रतियोगिता शुरु


मोहनलाल ताजपुरिया

फागुन६ ,मोरङ। ताजपुरिया मिस एण्ड मिस्टर फोटो एण्ड भिडियो अनलाइन प्रतियोगिता शुरु भएको छ ।

ताजपुरिया बिकाश समितिको आयोजनामा शुरु भएको सो प्रतियोगितामा सहभागीहरुले संस्कृति झल्काउने पहिरन लगाएको फोटो र भिडियोलाइ मात्र प्राथमिकता दिने जनाएको छ ।

फागुन १ गते बाट शरु भएको प्रतियोगितामा फागुन २१गते भित्र अनलाइन मार्फत आफ्नो पुर्ण बिबरण पठाइसक्नु पर्ने बताइएको छ । प्रतियोगिताको नतिजा चैत अन्तिम सातामा लाईक,कमेन्ट र सेयरको आधारमा प्रकाशन गरिने आयोजकले जनाएको छ ।

नेपाल अधिराज्य भरिका ताजपुरिया समाजका १४ बर्ष देखि ३५ बर्ष सम्मका युवा युवतीहरुले भाग लिन पाउने सो प्रतियोगितामा बिजयी प्रतिस्पर्धीहरुलाइ सम्मान पत्र, ताज, सदस्यता पत्र ,जातिय पहिरणहरु दिएर सम्मान तथा पुरस्कृत गरिने   समितिका उपाध्यक्ष भास्कर ताजपुरियाले बताए ।

You may also like