ताजा समाचार प्रवास होमपेज

बन्दुकधारीको आक्रमणमा परि अमेरिकामा ४ जनाको मृत्यु



चैत२०,एजेन्सी। अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा हिजो भएको गोलीकाण्डमा एक बालक सहित चार जनाको मृत्यु भएको छ ।

लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा गोलीकान्ड भएको हो ।

घटनास्थलमा अपराह्न ५।३० बजे प्रहरी पुग्दा सर्वसाधारणमाथि गोली चलाउनेक्रम जारी थियो, अरेन्ज नगरका प्रहरी प्रहरी अधिकारीले बताएका छन । प्रहरीको जवाफी कारबाहीमा परि केहि आक्रमणकारी समेत घाइते भएका छन । घाइतेका बारेमा प्रहरीले तत्काल केही बताएको छैन ।

अरेन्ज नगर लस एन्जलसबाट करिब ४८ किलोमिटर दक्षिणमा रहेको छ र यहाँ करिब एक लाख ४० हजारको बसोबास छ । प्रहरी अधिकृत अमाटले यस शहरमा सन् १९९७ पछि सबैभन्दा डरलाग्दो गोलीकाण्ड भएको अधिकारीहरुलाइ उद्धित गर्दै अन्राष्ट्यि समाचार माध्यमहरुले जनाएका छन ।

You may also like