ताजा समाचार विजनेस होमपेज

फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य



चैत२३,काठमाण्डौ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुन २ रुपैया बढाएको छ ।

आयल निगमले हिजो मध्यरातबाट लागु हुने गरि पेट्रोल, डिजल र मट्टीतेलको मुल्यमा प्रति लिटर २ रुपैया बढाएको हो ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको खुद्रा मुल्य भने यथावतै रहेको नेपाल आयल निगम द्धारा जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मुल्य समायोजन पछि पनि आयल निगमलाइ पेट्रोलमा प्रति लिटर ७ रुपैया ३९ पैसा, डिजलमा १ रुपैया ९४ पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ४ शय १८ रुपैया ४७ पैसा घाटा रहेको निगम द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

You may also like