ताजा समाचार स्थानिय होमपेज

कानेपोखरीमा मंन्त्री ढकाललाइ कालो झण्डा प्रर्दशन



चैत्र२७,कानेपोखरी। मोरङको कानेपोखरीमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मंन्त्रि भानुभक्त ढकाललाइ स्थानिय युवाले कालो झण्डा देखाएका छन ।

कानेपोखरी ६ स्थित रमाइलो बजारमा आज माओबादी केन्द्रको युवा संगठन वाइ सि एल र नेपाली कांग्रेसको युवा संगठन तरुण दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन ।

आज दिउसो रमाइलो चौकमा भ्रष्टचारी मन्त्री मुर्दाबाद,भ्रष्टचारी बाइ बाइ क्षेत्र छिर्न नपाइ, १ अर्ब २४ करोडको हिसाव खोइ लगायतको प्लेकार्ड बोकेका युवाहरुले मंन्त्री ढकाल बिरुद्ध चर्को नाराबाजी गरि कालो झण्डा प्रर्दशन गरेका थिए ।

युवाहरुले चर्को नारा बाजी सहित कालो झण्डा देखाए पछि मंन्त्री ढकाल बाटो परिर्वतन गरि कार्यक्रम स्थल गएका थिए ।

मन्त्री ढकाल नेकपा एमाले ओली समुहको कानेपोखरी गाउ कमिटीका नव गठित सदस्यहरुलाइ सपथ ग्रहण गराउन कानेपोखरी आएका हुन ।

You may also like