ताजा समाचार मनोरन्जन होमपेज

अनलाइन गायन प्रतियोगिताको उपाधी सबिनाले हात पारिन


मोहनलाल ताजपुरिया

बैशाख१,झापा। शिवसताकक्षी अनलाइन गायन प्रतियोगिताको उपाधी झापाकी सबिना लकान्द्रीले हात पारेकी छन ।

स्थानिय ३४७ जना प्रतिस्पर्धीहरुलाइ पछि पार्दे उनले चादीको मेडल, म्युजिक भिडियोमा गाउने अबसर र ३ महिना सम्म संगित सिक्ने अबशर प्राप्त गरेकी छन ।

बोलोचोक बिकाश समिति झापाले आयोजना गरेको सो गायन प्रतियोगितामा किरण उप्रेतीले दोश्रो स्थान हात पारेका छन ।

प्रतियोगिताको तेश्रो र चौथौ पुरस्कार लिला कार्की र तुलाराम सिटौलाले हात पारेको गायन प्रतियोगिताका अध्यक्ष धर्मेन्द्र कुमार शाहले जानकारी दिए ।

प्रतियोगिताको Active competitive of the year 2077 को उपाधी सन्तोष कुमारले हात पारेका छन ।

समितिले गत असार ११ गते बाट स्थानिय प्रतिभाहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले अनलाइन गायन प्रतियोगिता शुरु गरेको थियो ।

You may also like