ताजा समाचार समाचार/बिश्लेषण होमपेज

कम्युनिष्ट आन्दोलनको असफलता र अबको बाटो


मिलन अधिकारी

नेपालको कम्युनिष्ट आन्दोलनको असफलतालाई बुझ्नको लागि बिश्व कम्युनिष्ट आन्दोलनको बारेमा बुझ्नै पर्ने हुन्छ। बिश्व कम्युनिस्ट आन्दोलनको १०० बर्ष को इतिहास अक्टोबर क्रान्ति देखि अहिले सम्मलाई दुई फ्याक बनाएर हेर्दा पहिलो ५० बर्ष क्रान्तिमय देखिन्छ। जुन समयमा अक्टोबर क्रान्ति देखि क्युवाली क्रान्ती सम्म सम्पन्न भएका छन भने केही स्वतन्त्रता आन्दोलन समेत सफल भएको पाईन्छ तर बाकी रहेको ५० बर्षलाई हेर्दा सबै प्रतिक्रान्ती मात्र भएको हामी सबैलाई थाहा छ। जस्को कारण क्रान्ति द्वारा निर्मित व्यवस्थाहरु ढल्न पुगेका छन । त्यहि ढलानको सिलसिलामा नेपाल पनि चोखो रहन सकेन।

अन्तिम ढलान नेपालमा आईपुग्यो नेपाली क्रान्ती सम्पन्न भएको छैन यसरी हेर्दा ५० बर्ष लाई गम्भीर रुपमा समिक्षा गर्न जरुरी देखिन्छ। आफुलाई बौद्धिक ठान्ने केही जमातहरुले कम्युनिष्ट आन्दोलनले सहि नेतृत्व पाउन सकेन भन्ने तर्क जबर्जस्त प्रस्तुत गरेको पाईन्छ। यदि त्यसो हो भने ५० बर्ष चै सबै असल र क्रान्तिकारीको मात्र जन्म हुने र पछिल्लो पचास बर्ष मा सबै गद्द्दा र दक्षिणपन्थीको मात्र जन्म भएको हो त ? त्यसो होइन हामी कम्युनिष्टहरुले बुझ्नु पर्ने मुख्य विषय भनेको विश्व कम्युनिष्ट आन्दोलनले अहिलेको बिज्ञान र प्रबिधिको बिकास अनुकुलताको आन्दोलनको बिकास गर्न पर्छ भन्ने निष्कर्षमा पुग्नै पर्दछ। त्यसो भनिरहदा पहिलेको आन्दोलन कस्तो भन्ने कुरा सम्झनै पर्ने हुन्छ। अक्टोबर क्रान्तीको बेलामा लेनिनले व्याख्या गरेको युग औद्योगिक युग जस्मा हजारौं मजदुराहरु एउटा कारखानामा काम गर्छन न तिनै मजदुरहरुको बिद्रोहले नै क्रान्ति पूरा गर्ने मुख्य अभिभारा राख्दछ। जस्लाई गोर्केको आमा पुस्तकले पनि प्रष्ट पार्दछ।

माओले क्रान्ती गर्दा बिज्ञानले केही फट्को मारिसकेको अवस्था थियो र मजदुरबाट मात्र होइन अब राज्यको पहुच बाहिर रहेका बहुसंख्यक किसान समुदायलाई साथमा नलिई क्रान्ति सफल हुन्न भन्ने निष्कर्षका साथ नया ढंगले छापामार युद्धको बिकास गर्दै चिनियाँ क्रान्ती सम्पन्न भयो। फेरि पनि चिनमा सबै समस्याको साबधान भएको छैन। यस पाटोमा छुट्टै चर्चा गरौला। नेपाल मा भएको १० बर्षे जनयुद्ध चिनियाँ क्रान्ती कै आधारमा (उस्तै कार्यनीति) आधारित थियो र त्यो समय र प्रबिधिको युग (जुन ६२ साल) सम्म आईपुग्दा सम्म सहि साबित थियो जब बिज्ञान प्राविधिमा आएको फेरबदललाई आन्दोलनले साथमा लिन सकेन। जस्को परिणामस्वरुप त्यो आन्दोलमा गम्भीर संकट देखा पर्यो र अन्त्यत सम्सदवादमा बिसर्जन हुन पुग्यो तर त्यहा रहेको सम्पुर्ण शक्ति त्यसमा रमाउन सक्ने आधार नै थिएन। किन कि त्यो त एक बिद्रोह मात्र थिएन त्यहा हजारौं हतियारधारी सेना, हजारौं सहिद परिवार र लाखौ श्रमजिवि क्रान्तिकारीहरुको सपना पनि थियो। जस्को कारण त्यहा रहेको क्रान्तिकारी तप्का नया ढंग ले क्रान्तिको कार्यबाहक पूरा गर्ने अभिभारा सहित बाहिर निस्कन सफल भयो। त्यो नेपाली कम्युनिष्ट आन्दोलनको सुखद पाटो नै हो।

धेरैले यस्लाई बिसुद्ध फुट मात्र भनेका छन। अझै पनि त्यहा क्रान्तिकारीहरु नभएका होइनन तर त्यहा बाट निस्कन त्यती सजिलो छैन। यी सबै कुराले मात्र अबको कम्युनिष्ट आन्दोलनको दिशा निर्धारण गर्न पक्कै सक्दैन। यी सबै कुराबाट के प्रष्ट हुन जरुरी छ भने अबको कम्युनिष्ट आन्दोलनले अहिलेको समयको आन्दोलन वा बिचारको बिकास गर्न जरुरी देखिन्छ। लेनिनले ब्याख्या गरेको युगको समाप्त भएको कुरालाई स्वीकार गर्न सक्नु पर्दछ। यसो भन्दै गर्दा लेलिनलाई नमानी कम्युनिष्ट बन्न सकिन्छ भन्ने प्रश्न पनि आउन सक्छ तर हामिले भनेको लेलिनको युग मात्र सकियो भनेको हो लेलिनवाद नै नमान्ने भन्ने बिल्कुल होइन। अब कित्तकाट गरेर बहस गर्नु पर्ने हुन्छ कम्युनिस्टहरु भ्रम दिन पाईराख्ने समाजवादी हुन वा बैज्ञानिक समाजवादी हुन। पक्कै पनि कम्युनिस्टहरुको रणनीति बैज्ञानिक समाजवादनै हो। त्यसमा कसैले बहस गर्न जरुरी छैन।

बैज्ञानिक समाजवादी व्यवस्था भन्नाले सरोकारवाला समुदायले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने व्यवस्था हो। जुन समाज बिकास , बिज्ञान र प्राविधिमा आएको परिवर्तन सङै प्राप्त हुन्छ। क्रान्तिकारीहरुले सचेत प्रयत्न क्रान्तिको माध्यमबाट यस्लाई स्थापित गर्नु पर्ने हुन्छ। उत्पादन शक्तिमा आएको फेरबदल र बिज्ञानले प्राप्त गरेको उचाईलाई आधार मान्ने हो भने अहिले देखि नै बैज्ञानिक समाजवाद स्थापना गर्न सकिन्छ भन्ने कुरामा कुनै दुईमत छैन। विश्व पुजिवाद गम्भीर संकटमा छ त्यसको सानो उधारणको रुपमा पुजिवादले उत्पादन गरेको बहुमुल्य बस्तु आईफोनलाई लिन सकिन्छ। कम्पनी सङ लाखौंको मात्रामा उत्पादन गर्ने प्राविधि र पैसा छ तर पनि उस्ले सिमित मात्रामा उत्पादन गर्दछ। उसलाइ उत्पादन गर्न नै संकट पैदा भएको प्रष्ट हुन्छ। त्यो संकट पुजिवदी उत्पादन प्रणालीमा आएको हो भन्ने प्रष्ट छ तयसको बिकल्प के त भन्दा समाजवादी उत्पादन प्रणाली हो त्यो कसरी प्राप्त गर्ने भन्ने तर्फ सोच्न जरुरी छ। त्यसको लागि बैज्ञानिक समाजवादी व्यवस्थामा जानै पर्छ। अझ बिज्ञान प्रभाविले त्यसलाइ झन छोटो र सजिलो बनाईदिएको छ।

बैज्ञानिक समाजवाद भनेको अझ बुझ्नेभाषामा भन्दा छ्यालब्याल हुने व्यवस्था हो। आजको बिज्ञानले सिमित मानिसले श्रम गरेर हजारौं मानिसलाई पुग्ने खाधान्य लगाएत अन्य आवश्यक सामग्री उत्पादन गर्न सक्छन भन्ने उधारण इज्राइलको कृषि प्रणालीलाई हेर्दा प्रष्ट हुन्छ।

तसर्थ बैज्ञानिक समाजवादी व्यवस्था स्थापना आज देखिनै गर्न सकिन्छ भन्ने प्रष्ट छ। हामिले के बुझ्न जरुरी छ भने बैज्ञानिक समाजवाद कम्युनिष्टहरुको रणनीति हो भने जनमतसंग्रह कुनै राजनीति पार्टीको कार्यनीतिको विषय बन्न सक्छ तर रणनीतिलाई कार्यनीतिको विषय बनाउने कुरा नै गलत छ। जस्ले क्रान्ति र बैज्ञानिक समाजवाद प्राप्तिको बाटोलाई नै गोलमोल बनाउने खतरा पनि उत्तिकै पैदा भएको छ। तसर्थ साच्चिकै बैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा लाग्ने हो भने, आजको दिन देखि नै पुजिवादि समाजको विकल्पमा समानान्तर रुपमा समाजवदी अर्थ व्यवस्था सहितको समाजवादी समाज निर्माणको थालनी गर्नुको बिकल्प छैन।

लेखक बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन

You may also like