ताजा समाचार प्रवास होमपेज

एन आर एन ए माल्टाको उपाध्यक्ष पदमा गिरिको उम्मेद्वारी


साउन५,माल्टा। झापाका नबिन गिरीले एन आर एन ए माल्टाको उपाध्यक्ष पदमा आफ्नो उमेद्धारी दिएका छन ।

एन आर एन ए माल्टाको आसन निर्वाचन २०२१- २०२३ को साझा प्यानल नामक समुहबाट उपाध्यक्ष पदमा उम्मेद्बारी दिएका हुन ।

झापा जिल्लाको हल्दीबारी ३ जन्म घर भएका नविन गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टामा बासोबास गरिरहेका छन।

नेपालमा रहदा देखिनै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएका गिरी माल्टा प्रवेशसंगै समाजिक संघ संस्था मार्फ़त सामाजिक सेवा र मानविय सेवामा सहकार्य गर्दै आएका छन ।

आफु माल्टा बस्दै गर्दा जिवनको यो कालखण्डमा नेपाल प्रतिको गहिरो माया र आगामी जेनेरेसन सहितको नेपाली कम्युनिटी प्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै, व्यक्तिगत तथा पेशागत अनुभववाट सिकेका विशेषज्ञतालाई कम्युनिटी सामु पुर्याई केहि योगदान गर्न सक्ने बिश्वास गिरीले सुनाए ।

गिरीले एन आर एन माल्टाको २०१९ भएको निर्वाचनमा उपाध्यक्ष तथा माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटिको तत्कालीन अध्यक्ष तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर काम गरिसकेका छन ।

मुख्यरुपमा पारदशिता, समावेसी, सहभागिता र जवाफदेहिता एन आर एनको आधारभुत आवस्यकता र दिर्घकालिन समाधान हो भन्ने कुरामा आफु बिश्वस्त रहेको भन्दै सम्पुर्ण माल्टाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा आगामी जुलाइ अन्त्यमा हुन गइरहेको निर्वाचन मा सहभागी भै आफ्नो अमुल्य मत दिएर आफुलाइ विजयी गराउनु हुन उनले अपिल गरेका छन ।

You may also like