खेलकुद ताजा समाचार होमपेज

वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ५ ले हात पार्यो


असोज२६,कानेपोखरी। मोरङको कानेपोखरीमा सम्पन्न वडा नं ६ अध्यक्ष कप अन्तर वडा स्थरिय फुटबल प्रतियोगिताको उपाधी वडा नं ५ ले जितेको छ ।

कानेपोखरी ६ स्थित जन सेवा उच्च मा बि को खेल मैदानमा आज भएको फाइनल खेलमा आयोजक टिम वडा नं ६ लाइ ३।० गोल अन्तरले पछि पार्दै वडा ५ ले उपाधि चुमेको हो ।

आज सम्पन्न फाइनल खेलको पहिलो हाफमा वडा नं ५ का जर्सी नं ७ का खेलाडी डेनी राइले २ गोल गरे। प्रतियोगिताको दाश्रो हाफमा वडा नं ५ का जर्सी नं ४ का खेलाडी मनिस राइले १ गरे ।

खेलको म्यान अफ दि म्याच वडा नं ५ का निखिल धिमाल घोषित भए,उत्कृष्ट गोल किपरको उपाधी वडा ५ का गोल किपर रोहित धिमालले हात पारे ,प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि वडा ५ का डेनि राइ घोषित भए । प्रतियोगिताको अनुशासित खेलाडी वडा ६ का दुर्गा अधिकारी घोषित भए र प्रतियोगिताको म्यान अफ द सिरिजको उपाधि वडा नं ६ का खेलाडी गिरिजा लिम्बुले हात पारे ।

रमाइलो युवा परिवारले आयोजना गरेको फुटबल प्रतियोगिताको बिजेता र उप बिजेता टिमलाइ आज एक भब्य औपचारिक कार्यक्रमका बिच नगद २५ हजार , ट्रफि, र प्रमाण पत्र र उप बिजेता फुटबल टोलीलाइ नगद १५ हजार , ट्रफि र प्रमाण पत्र प्रदान गरिएको फुटबल आयोजक समितीका एक जना सदस्य असोक फुयालले बताए ।

You may also like