ताजा समाचार स्थानिय होमपेज

माओबादी केन्द्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न


असोज३०,बिराटचौक। नेकपा (माओवादी केन्द्र) सुन्दरहरैचाले शहिद परिवारसंग अन्तरक्रिया तथा शुभकामना आदान प्रदान गरेको छ ।

दश बर्षे जनयुद्धका क्रममा शहादत प्राप्त गरेका सहिद परिवारको अवस्था र समसामयिक राजनीतिक स्थितिको बारेमा अन्तरक्रिया तथा बडा दशैंको शुभकामना आदनप्रदान गरेको हो ।

कार्यक्रममा पार्टीको पुनर्जागृती र शशक्तताको लागि पुन एक ढिक्का भएर लाग्नु पर्ने सहिद परिवारका सदस्यहरुले जोड दिएका थिए ।

कार्यक्रममा संघिय निर्वाचन क्षेत्र न ६ का सह ईन्चार्ज कुमारी राई (रचना), संयोजक सीता कडरिया (रक्षा),सुन्दरहरैचा नगर पार्टी ईन्चार्ज नवराज चापागाईं,माओवादी केन्द्र मोरङका युवा नेता दिनेश भण्डारी (योगेश), दुश्यान्त भट्टराई लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

You may also like