ताजा समाचार स्थानिय होमपेज

जनयुद्धका शहिद क. शुनिलको २० औ स्मृती दिवस मनाईयो


कातिक९,कानेपोखरी। मोरङको कानेपोखरीमा जनयुद्धका शहिद क. शुनिलको २० औ स्मृति दिवस आज एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

कानेपोखरी ४ खोरिया टोल स्थित उनको निजी निवासमा क. शनिलको २० औ स्मृति दिवस आज एक कार्यक्रमको अयोजना गरिएको हो ।

जनयुद्धकालिन समयमा २०५९ साल कातिक ६ गते तत्कालिन राज्य पक्षले कानेपोखरी ३ बाट उनलाइ गिरफ्तार गरि हत्या गरेको थियो । राज्य पक्षले हत्या गरेको २० बर्ष पछि उनका बुवा राम बहादुर धिमालले आज धिमाल जातिय परम्परा अनुशार क. शुनिलको बार्षिक काम सम्पन्न गरेका हुन ।

कार्यक्रममा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य कुशल लिम्बु, जिल्ला कमिटीका संयोजक शुसिल उप्रेती,तत्कालिन संबिधान सभा सदस्य लाल बहादुर मगर,कानेपोखरी गाउँ कमिटीका इन्चार्ज अभिनास मण्डल,सहइन्चार्ज डिल्ली प्रकास राई, अम्बिका आर्याल कानेपोखरीका पार्टी संयोजक मनोज राजबंशी र पार्र्टीका प्रदेश कमिटी सल्लाकार सुर्य धिमाल लगायतका स्थानिय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

You may also like