ताजा समाचार स्थानिय होमपेज

कानेपोखरीमा एमालेको अध्यक्ष पदका लागि ४ जना प्रत्यासी


कातिक९,कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा आज नेपाल कम्युष्टि पार्टि एमालेको प्रथम गाउँपालिका अधिबेशनको औपचारीक कार्यक्रम आज सम्पन्न भएको छ ।

कानेपोखरी ६ स्थित रमाइलो बचत तथा ऋण सहकारी संस्थाको भवनमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य ग‌ंगा डाङी , प्रदेश सदस्य तथा कानेपोखरी स्थानिय सरकार प्रमुख तारा बहादुर काफ्ले,प्रदेश सदस्यहरु भेषनाथ रिजाल ,इन्द्र सुब्बा प्रदेश सदस्यहरु कानेपोखरी स्थानिय सरकार उप प्रमुख राजमती इङ्गनाम, भोला अधिकारी लगायतका नेता तथा कार्यकर्ताको उपस्तिथी रहेको थियो ।

पार्टीका कानेपोखरी गाउँ कमिटी अध्यक्ष दान बहादुर बस्नेतले सभापतित्व गरेको कार्यक्रमको संचालन चरण गरुङले संचालन गरेका थिए ।

एमालेको जारी गाउँपालिका अधिबेशनमा कानेपोखरी गाउँ कमिटी अध्यक्षको लागि दान बहादुर बस्नेत,शुसिल बुडाथोकी,भुपाल श्रेष्ठ र खडानन्द घिमिरे प्रत्यासी रहेको निर्वाचन समितीले जनाएको छ ।

You may also like