ताजा समाचार देश होमपेज

सुकुम्बासीहरुको नाममा चुनाबी मुद्धा बनाउने सस्कारको अन्त्य गर्छु ः नहेन्द्र खड्का


कातिक१५,कानेपोखरी। भुमि आयोगका केन्द्रिय उपाध्यक्ष नहेन्द्र खड्काले ७ महिना भित्रमा सम्पुर्ण सुकुम्बासीहरुलाइ जग्गा धनिपुर्जा दिइसक्ने बताएका छन ।

मोरङको कानेपोखरीमा नेकपा माओबादी केन्द्र कानेपोखरी गाउँकमिटीले आयोजना गरेको भुमि समस्या तथा समाधान बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

खड्काले आफु जागिर खानकै लागि मात्र यो पदमा नबसेको भन्दै ७ महिना भित्रमा सुकुम्बासीहरुको हात हातमा जग्गा धनिपुर्जा दिन नसके पदबाट राजिनामा दिने बताए ।

अन्तरक्रियामा सहभागिहरुको जिज्ञासाको उतर दिदै उनले लगाएको तारा अंकित फ्याडल क्यापलाइ इङ्कित गदै उनले भने “म क्युवाका तत्कालिन राष्ट्पति फ्याडल क्यास्टो र सम्पुर्ण शहिदहरुलाइ साक्षी राख्दै आगामी ७ महिना भित्रमा सुकुम्बासीहरुलाइ जग्गा धनिपुर्जा दिन्छु” ।

उनले ओलि सरकारको आयोगको उदेश्य सुकुम्बासीहरुलाइ धनिपुर्जा दिने भन्दा पनि आफ्ना कार्यकर्ताहरुलाइ जागिर खाने थलो मात्र भएकाले सुकुम्बासीहरुलाइ पुर्जा दिन नसकेको बताए ।

माओबादी केन्द्र कानेपोखरी गाउँकमिटी र झापाको दमकका सुकुम्बासीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले आफु पार्टीको किसान संघमा आबद्ध रहेर काम गरेकाले किसान र सुकुम्बासीहरुको समस्यालाइ नजिक बाट बुझेकाले पुर्जा पाउने कुरामा कुनै पनि संखा नगर्न सम्बन्धित पक्षलाइ आग्रह गरे ।

कार्यक्रमका माओबादी केन्द्रका मोरङ जिल्ला समन्वय समितिका संयोजक गणेश उप्रेती, माओबादी केन्द्रका कानेपोखरी सह इन्चार्ज अम्बिका आर्याल,अजुर्न आचार्य, नेपाली कांग्रेस कानेपोखरी गाउँसमिति सचिब बिबेक लिम्बु, नेकपा एकिकृत समाजबादीका कानेपोखरी अध्यक्ष भुमि दुलाल लगायतले सुकुम्बासीहरुको मुद्धामा जोड दिदै सुकुम्बासीहरुको नाममा राजनिती गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए ।

You may also like