ताजा समाचार साहित्य / बिचार होमपेज

कानेपोखरीमा अन्तर माबि स्तरिय कबिता बाचन प्रतियोगिता सम्पन्न


कातिक२७,कानेपोखरी।, मोरङको कानेपोखरीमा आयोजित अन्तर मा.बि स्तरिय कबिता बाचन प्रतियोगितामा मोरङको शिक्षा सदन मा बि हरकपुरकी छात्रा करुणा कोइराला प्रथम भएकी छन ।

कानेपोखरी साहित्य समाजले आज कानेपोखरी २ स्थित आदीबासी जनजाती भवनमा आयोजना गरेको अन्तर मा.बि कबिता बाचन प्रतियोगितामा रमाइलो बहुमुखी क्याम्पसकी छात्रा जुना पाण्डेले दाश्रो स्थान ,माउण्ड हार्मोन चिल्डे्न एकेडेमी रमाइलोकी छात्रा सुम्निमा न्यौपानेले तेश्रो स्थान हात पारेकी हुन ।

कानेपोखरी गाउँपालिका भित्रका माध्यमिक बिधालयहरु मध्येबाट १६ जना प्रतियोगी सहभागी मध्ये शिक्षा बिकाश माबि दलेलीकी छात्रा सृजना कार्की चौथो भएकी छन ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा बोल्दै कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा बहादुर काफ्लेले कानेपोखरी साहित्य समाज गाउपालिका भरिका साहित्यीक श्रष्टाहरुको प्रतिभा उजागर गर्ने एउटा साझा मन्च भएकाले यसको दिगो बिकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रमका स्थानिय साहित्य प्रेमी, बिभिन्न राजनैतिक दलका स्थानिय प्रतिनिधी , बिभिन्न बिधालयका शिक्षक,शिक्षिका तथा बिधार्थीहरुको बाक्लो उपस्तिथी रहेको आयोजक समितीका एक जना सदस्य नबिन झोडालीले बताए ।

कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गा बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा स्थानिय साहित्य अनुरागीहरुले समेत आफ्नो रचना प्रस्तुत गरेका थिए ।

You may also like