खेलकुद ताजा समाचार होमपेज

कानेपोखरीमा १ नं प्रदेश स्तरिय तेक्वाण्डो प्रतियोगिता सम्पन्न


कातिक२८,कानेपोखरी । मोरङको कानेपोखरी सम्पन्न प्रथम अध्यक्ष कप १ नं प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दैँ आयोजक जिल्ला मोरङले प्रथम स्थान हात पारेको छ ।

सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्यका साथ दोश्रो स्थान हात पारेको हो । त्यस्सै झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै तेश्रो स्थान बनाउन सफल भएको छ ।

प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीको उपाधी आयोजक मोरङ्की इन्दिरा थापा घोषित भइन । पुरुषतर्फबाट सुनसरीका निकेश कटुवाल छानिए । अनुशासीत टिमको उपाधी पाँचथर जिल्लाले हात पार्‍यो ।

जन सेवा माबिको खेल मैदानमा सम्पन्न भएको दुई दिवसीय प्रथम अध्यक्ष कप १ नं। प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा प्रदेश नं। १ भरिका जम्मा ३५० खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगीतामा पुरुषतर्फ २० केजी देखि ८० केजी माथी तौलसम्म र महिलातर्फ २० केजी देखि ७० केजी माथी तौलसम्मका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा खेलाडीहरुले मार्सल आर्ट लगायतका बिभिन्न रोमान्चक खेल देखाएर दर्शकलाइ मनोरन्जन दिलाएका थिए ।

दुइ दिन सम्म चलेको प्रतियोगिताको एक भब्य औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको थियो ।

विजेतालाई कानेपोखरी गाउँ अध्यक्ष ताराबहादुर काफ्ले,आइटिएफ प्रदेश अध्यक्ष प्रविन कुमार कार्की, आइटिएफ तेक्वान्डो केन्द्रिय अध्यक्ष अन्जन धमला लगायतले प्रमाणपत्र, मेडल र ट्रफीले सम्मान गरेका थिए ।

प्रथम पुरस्कार र दोश्रो पुरस्कारको प्रायोजन क्रमशः कानेपोखरी ६ मा रहेको माउन्ट हर्मोन चिल्ड्रेन ऐकेडेमी र वडा नं। ६ मै अवस्थित उज्ज्वल भविष्य बाल क्लबले गरेका हुन भने तेश्रो पुरस्कारको व्यवस्थापन आयोजक कानेपोखरी आइटिएफले गरेको हो ।

प्रतियोगिताको बिभिन्न उपाधी बिधाको पुरस्कारको प्रायोजन कानेपोखरी ६ रमाइलो फ्लेक्सका प्रोपाइटर सागर धिमालले गरेका थिए ।

कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथ्यता पालिका अध्यक्ष ताराबहादुर काफ्लेले गरेका थिए । पालिका उपाध्यक्ष राजमति इङ्नाम, आइटिएफ तेक्वाण्डोका केन्द्रिय अध्यक्ष अन्जन धमला, आइटिएफ प्रदेश अध्यक्ष प्रविनकुमार कार्की, आइटिएफ केन्द्रिय सदस्य रमेश चौधरी, मदन भण्डारी ऐकेडेमी मोरङ अध्यक्ष भुपाल श्रेष्ठ, राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितालाई कानेपोखरी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने प्रदेश नं। १ आइटीएफ तेक्वाण्डो संघ र कानेपोखरी आइटीएफ तेक्वाण्डो डोजाङ्गले आयोजना गरेको हो।

You may also like