ताजा समाचार स्थानिय होमपेज

रमाइलो जेसीजको आयोजनामा सप्ताहब्यापी कार्यक्रम हुने



मंसिर१,कानेपोखरी। मोरङको कानेपोखरीमा रमाइलो जेसीजको आयोजनामा मंसिर ६ गते बाट सप्ताहब्यापी कार्यक्रमको आयोजना हुने भएको छ ।

रमाइलो जेसीजका बर्तमान पदाधिकारीहरुले बर्ष दिन भरि जेसीजका माध्यमबाट सिकेका बिभिन्न ज्ञान र शिपहरुलाइ समाजमा पुर्नस्थापना गर्ने उदेश्यले जेसीज सप्ताहको आयोजना गरेको हो ।

रमाइलो जेसीजको सप्ताह ब्यापी कार्यक्रम अन्तरगत मंसिर ६ गते कानेपोखरी ६ स्थित जनमुखी साकोसको भवनमा उद्घाटन समारोहको आयोजना गर्ने रमाईलो जेसीजका अध्यक्ष भानु फुयलले बताए । त्यस्तै सोही दिन अनिल कार्कीको संयोजकत्वमा उद्घोषण तालिमको आयोजना गरिने बताइएको छ ।

मंसिर ७ गते सुनिल श्रेष्ठको संयोजकत्वमा रक्तदान र मनोज अधिकारीको संयोजकत्वमा ब्याडमिन्टन प्रतियोगिता , मंसिर ८ गते दिपक फुयलको संयोजकत्वमा स्लो बाइक रेस, मंसिर ९ गते निश्चल ओझाको संयोजकत्वमा फुटबल प्रतियोगिता , मंसिर १० गते कमल आचार्यको संयोजकत्वमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिने अध्यक्ष फुयलले बताए ।

मंसिर १८ गते सन्तोष भट्टराइको संयोजकत्वमा एतिहासिक कानेपोखरी सिमसार क्षेत्रमा जेसीज सप्ताहको भब्य समापन कार्यक्रमको आयोजना गरिने बताइएको छ ।

You may also like