ताजा समाचार स्थानिय होमपेज

नेकपा (माओबादी केन्द्र) कानेपोखरी वडा ४ को अध्यक्षमा भगतराम धिमाल चयन


मंसिर४,कानेपोखरी। नेकपा माओबादी केन्द्र कानेपोखरी गाउपालिका वडा ४ को प्रथम वडा अधिबेशनबाट भगतराम धिमालको अध्यक्षतामा २९ सदस्य वडा कमिटी सर्बसम्मतरुपले चयन गरिएको छ ।

कानेपोखरी गाउपालिका ४ स्थित बयरबन बजारमा रहेको जनता आधारमुत बिधालयको प्राङगडमा सम्पन्न वडा अधिबेशनबाट वडा उपाध्यक्षमा शर्मिला खत्री, सचिबमा भुपेन्द्र कुमार शुब्बा, सहसचिबमा नरेश राइ र कोषाध्यक्षमा तेज बहादुर तामाङ (रविन) सर्वसम्मत रुपमा चयन भएको हुन ।

वडा सदस्यहरुमा सगतलाल धिमाल,रुद्र भुजेल,बलराम शाह,प्रबिन राजबंशी, निर बहादुर कटुवाल,पिरती कला राजबंशी, मेख बहादुर राजबंशी, राज बहादुर राइ, चन्द्रकान्त पोख्रेल,नरेश चौधरी, सन्त बहादुर माझी, धन बहादुर धिमाल, धन बहादुर धिमाल,सुन्दरी धिमाल, दिपलाल रिसिदेब, पुर्ण बहादुर लिम्बु,सुमित्रा धिमाल, श्याम प्रकाश राइ र हर्कमाया लिम्बु चयन भएको निर्वाचन समितीका संयोजक चन्द्र प्रसाद अधिकारीले बताए ।

यस्तै आज सम्पन्न वडा अधिबेशनबाट ३० सदस्य पालिका प्रतिनिधी समेत चयन गरिएको संयोजक अधिकारीले बताए ।

वडा अधिबेशनको खुल्लासत्र अन्तरगतको औपचारिक कार्यक्रममा जनयुद्धका सहिद परिवारका सदस्य राम बहादुर धिमाल र नेपाली कम्युनिष्ट आन्दोलका अभियान्ता मेख नाथ लिम्बुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

You may also like