ताजा समाचार स्थानिय होमपेज

माओबादीको वडा अधिबेशन सम्पन्न, ७ वटै वडामा सर्बसम्मतरुपमा नेतृत्व चयन


मंसिर४,कानेपोखरी। नेकपा (माओबादी केन्द्र) कानेपोखरी गाउँपालिकाका ७ वटै वडामा सम्पन्न प्रथम वडा अधिबेशनबाट सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

माओबादी केन्द्रको मुलकभर आयोजित वडा अधिबेशन अन्तरगत आज कानेपोखरी गाउँपालिकाका ७ वटै वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन गरिएको हो ।

कानेपोखरी गाउँपालिका वडा १ को अध्यक्षमा इश्वर खतिवडा चयन भएका छन । उपाध्यक्षमा नरमाया पाण्डे, सचिबमा मान बहादुर कार्की, सह सचिबमा डिक बहादुर भण्डारी र कोषाध्यक्षमा राधादेबी अधिकारी चयन भएका हुन ।

कानेपोखरी गाउँपालिका वडा २ को अध्यक्षमा कमल कार्की ,उपाध्यक्ष शुक्रराज लिम्बू ,सचीव राज मुर्मु ,सह सचिब शंकर राजबंशी र कोषाध्यक्ष छन्नु मुर्मु चयन भएका छन ।

कानेपोखरी वडा ३ को अध्यक्षमा बोधनारायण राजबंशी ,उपाध्यक्ष फुदना रिसिदेव ,सचीव मनोज लिम्बू सह सचिब तराकुमार भन्डारी र कोषाध्यक्ष रोमा थपलिया चयन भएका छन ।

कानेपोखरी वडा ४ को अध्यक्षमा भगतराम धिमाल ,उपाध्यक्ष शर्मिला खत्री ,सचीव भुपेन्द्र कुमार सुब्बा,सह सचिब नरेश राई र कोषाध्यक्ष तेज बहादुर तामाङ चयन भएका हुन ।

कानेपोखरी ५ को वडा अध्यक्षमा भक्त बहादुर घले (कुमार),उपाध्यक्ष दिपक सुबेधी , सचीव अनिल धिमाल , सह सचीव रेख बहादुर कार्की , कोषाध्यक्ष मनमाया चौधरी चयन भएका हुन ।

वडा नं ६ अध्यक्ष गुणराज फुयाल ,उपाध्यक्ष जित बहादुर ठटाल ,सचीव रोशन राई थुलुङ ,सह सचिब सन्तोष आचार्य ,कोषाध्यक्ष सिमरण श्रेष्ठ रहेका छन ।

यस्तै वडा नं ७ अध्यक्ष केदार चाम्लिङ राई ,उपाध्यक्ष बल बहादुर चेम्जोङ ,सचीव महेन्द्र तामाङ, सह सचीव गंगालाल जोगी ,कोषाध्यक्ष तुलसा बास्तोला रहेको निर्वाचन समितीले जनाएको छ ।

आज सम्पन्न वडा अधिबेशनको खुल्लासत्र अन्तरगतको औपचारिका कार्यक्रममा वडा २ मा रक्तदान कार्यक्रम र वडा ४ मा सहिद परिवारका सदस्य राम बहादुर धिमाल र नेपाली कम्युनिष्ट आन्दोलनका अभियान्ता मेघनाथ लिम्बुलाइ दोसल्ला अढाएर सम्मान गरिएको थियो ।

You may also like