ताजा समाचार

झापा र मोरङमा पाँच जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या १६५ पुग्याे


१८ जेठ, विराटचोक । आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश १ का नौं जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६५ पुगेको छ ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकाका ४ जना पुरुष र मोरङको विराटनगर महानगरपालिकाकी १ जना महिलामा कोरोना पुष्टि भएको हो ।

विराटनगर– १२ की ४१ बर्षीया महिलामा संक्रमण पुष्टि भएको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्राले बताइन । उनी केही दिन अघि भारतको जोगबनी नाका हुदै विराटनगर आएर होम क्वारेन्टाइनमा बसिरहेकी विराटनगर महानगरपालिका-१२ का अध्यक्ष हिरालाल कामतले जानकारी दिए ।

त्यस्तै, गौरीगञ्ज- ६ मा रहेको प्राथमिक स्वास्थ्य चौकीमा बसिरहेका ५१ जना मध्ये ४ जना पुरुष पनि भारतबाट आएकाहरु रहेको गौरीगञ्ज गाउँपालिकाका प्राथमिक स्वास्थ्य निरीक्षक रामचन्द्र मिश्रले उल्लेख गरे ।

You may also like